काठमाडौं । मकवानपुरको अधेरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् ।

बकैया गाउँपालिका-७ अधेरीमा लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । घाइते मध्ये बकैया गाउँपालिका-७ अधेरीका करिब ५०/५५ वर्षीय केशव माझी, सोही ठाउँ बस्ने करिब ५०/५५ वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझीको मृत्यु भएको हो ।
उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको छ । प्रहरीका अनुसार घाइतेहरूको हेटौँडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ ।
दुघर्टनमा परेका व्यक्तिहरू काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा काम गर्ने कामदारहरू हुन् । उनीहरू काम गरेर खाना खाना ट्याक्टर चढेर आउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।











