Logo
Logo

स्व. गणेशप्रसादको स्मृतिमा गायन प्रतियोगिता हुँदै


1.5k
Shares

काठमाडौं । टाइमलाइन विद्यालयले स्व. गणेशप्रसाद रिजालको पाँचौँ स्मृति दिवसमा गायन प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रम यहीँ पुस ४ गते शुक्रबार गोकर्णेश्वर नगरपालिका–५ स्थित विद्यालय परिसरमा हुन लागेको हो । प्रत्येक वर्ष आयोजित हुँदै आएको गायन प्रतियोगितामा यस वर्ष विभिन्न २५ विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथमले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । द्वितीयले नगद ७ हजार, तृतीयले ५ हजार र चौथो र पाँचौले ४ हजार नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

गायन प्रतियोगितासँगै विद्यालयले सङ्गीततर्फ पनि पुरस्कार राशीको घोषणा गरेको छ । संगीततर्फ पहिलोले २ हजार ५ सय, दोस्रोले २ हजार र तेस्रोले १ हजार ५ सय रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने विद्यालयका प्रधानाध्यापक रामप्रसाद बडालले बताएका छन्।

यस्तै, गीतकारतर्फ पनि पुरस्कार राशी घोषणा गरिएको छ । गीतकार पुरस्कारतर्फ क्रमशः पहिलो, दोस्रो र तेस्रो २ हजार ५ सय, २ हजार र एक हजार ५ सय रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

विद्यालयका प्रधानाध्यापक बडालले यस प्रतियोगिताले विद्यार्थीहरुमा लुकेको अन्तर्निहित प्रतिभालाई उजागर गर्ने बताएका छन् । उनले यस प्रतियोगिताले गायन क्षेत्रमा नव उदयमान बालबालिकाका निम्ति अतुलनीय टेवा पुर्याउने पनि बताए ।

‘यस गायन प्रतियोगितामा १५० बालबालिकाहरुको प्रतिभा देख्न सकिनेछ । गीतले समग्र कला, धर्म, संस्कृति, प्रकृतिबारे गुणगान गाउनेछ,’ प्रधानाध्यापक बडाल भन्छन्, ‘वर्षेनी टाइमलाइन स्कुलद्वरा आयोजित गायन प्रतियोगिताले काठमाडौं उपत्यकाभित्रका सयौँ बालबालिकाभित्र लुकेर रहेको प्रतिभालाई उजागर गरिरहेको छ ।’

विद्यालय अध्यक्ष नवराज रिजालले स्वर्गीय पिताको वार्षिक पुण्यतिथीमा विद्यालयमा गायन प्रतियोगिता गर्न पाउँदा अत्यन्तै गौरान्वित महसुश गरेको बताए । उनले भने– ‘बुवाको गीत, संगीत र भजन कृतन अत्यन्तै रुचि थियो । बुवाको सम्झनामा विद्यालयमार्फत् विद्यार्थीको प्रतिभालाई बाहिर ल्याइँदा साँच्चिकै खुसी लागेको छ ।’

यसैगरी कार्यक्रम संयोजक तथा संगीत शिक्षक रत्न राईले पाँचौँ संस्करणसम्म आइपुग्दा सयौँ बालबालिकाका अन्तरनिहीत प्रतिभा प्रष्फुटित भएको बताए । संगीत पनि शिक्षाको हाँगा भएको बताउँदै उनले भने, ‘पाँचौँ संस्करणसम्म आइपुग्दा विद्यालयले विद्यार्थीभित्र लुकेका प्रतिभालाई उजागर गरेको छ । साथै, आगामी संस्करणमा यस कार्यक्रमलाई अझ सशक्त र दरिलो बनाउने प्रयत्न रहनेछ ।’

टाइमलाइन स्कुल गोकर्णेश्वर नगरभित्रको उत्कृष्ट विद्यालय हो । विद्यालय पठनपाठनसँगै विद्यार्थीको अतिरिक्त क्रियाकलापमा सँधै क्रियाशील रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्