Logo
Logo

हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ


1.6k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई काठमाडौंको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको हो । 

२०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई सीआईबीले मङ्गलवार पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस्