
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । ११औं महाधिवेशन अन्तगर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपस्थित बन्दसत्र हलभित्र मतदान सुरु भएको हो ।
पहिलो मतदान अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले गरे । उनीहरुले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरुलाई पनि मतदानका लागि भित्र पठाइएको हो । अहिले उम्म्ेदवार तथा प्रतिनिधिहरूले मतदान गर्नेक्रम जारी छ ।
मतदानको लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ । मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । नयाँ नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेल समूह प्रतिस्पर्धामा छन् । यस महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।











