काठमाडौं । वैदेशिक रोजगारीका लागि यूएई जाने नेपाली श्रमिकले प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि ३५३ दिराम झण्डै १३,९९५ रुपैयाँ तिर्नुपर्ने भएको छ।

जेनजी आन्दोलनपछि भिसा प्रक्रिया कडाइ गर्दै यूएईले प्रहरी प्रतिवेदन प्रमाणीकरण अनिवार्य गरेपछि ठमेलस्थित छायाँ सेन्टरको भीएफएसमार्फत यो शुल्क लिइँदै आएको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले यो शुल्कले श्रमिकमाथि अनावश्यक आर्थिक भार थपिएको भन्दै हटाउन माग गरेको छ । संघको ध्यानाकर्षणपछि श्रम मन्त्रालयले कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।
यसअघि कन्सुलर सेवा विभागबाट ५ सय रुपैयाँमै प्रमाणीकरण हुँदै आएको थियो । तर अहिले भीएफएसमार्फत प्रक्रिया गर्दा शुल्क महँगो हुनुका साथै प्रमाणीकरणमा कम्तीमा दुई साता लाग्ने गरिएको छ । संघले शुल्क हटाउन यूएई दूतावाससँग पनि संवाद गर्ने जनाएको छ ।











