Logo
Logo

एमाले चुनाव : मतगणनाको तयारी हुँदै, कहिलेसम्म आउला नतिजा ?


1.5k
Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । बुधबार बिहान करिब साढे ९ बजेदेखि सुरु भएको मतदान साढे २१ घन्टापछि आज बिहान ७ बजे सकिएको हो ।

अब मतगणना गर्ने तयारी भइरहेको छ । मतगणना सुरु भएको २ घन्टाजतिमा परिणाम आउने एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले जानकारी दिए ।

एमाले महाधिवेशनमा कुल २ हजार २ सय ६३ मतदाता भए पनि २ हजार २ सय २७ मत मात्र खसेको एमाले निर्वाचन आयोगले जनाएको छ । विभिन्न कारण ३६ जना मतदाता उपस्थित हुन नसकेका हुन् ।

एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै प्यानलमा नपरेकाहरूले स्वतन्त्र रूपमा समेत उम्मेदवारी दिएका छन् । यस महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्