Logo
Logo

विद्यार्थीको कपाल जथाभाबी मुण्डन नगर्न काठमाडौं महानगरको निर्देशन


315
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीको कपाल लामो भएको निहुँमा जथाभाबी मुण्डन नगर्न आफ्ना मातहतका विद्यालयहरूलाई निर्देशन दिएको छ ।

महानगरको शिक्षा विभागले परिपत्र जारी गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई विद्यार्थीलाई मानसिक यातना हुने गरी कुनै पनि व्यवहार नगर्न सचेत गराएको हो ।

केही विद्यालयहरूले कपाल लामो भएको भन्दै विद्यार्थीहरूको कपाल जथाभाबी काटिदिने गरेको र त्यसले विद्यार्थीमा मनोवैज्ञानिक असर परेको भन्दै गुनासो आएपछि महानगरले यस्तो निर्देशन दिएको हो ।

महानगरले शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) अनुसार विद्यालय व्यवस्थापन समितिले आचारसंहिता बनाएर लागू गर्न सक्ने व्यवस्था भए पनि सोही नियमावलीको नियम १३३ (१) (ट) ले विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने स्पष्ट व्यवस्था गरेको स्मरण गराएको छ ।

महानगरले कानुनमा भएको उक्त व्यवस्थालाई उद्धृत गर्दै विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी मात्र आचारसंहिता पालना गराउन विद्यालयहरूलाई भनेको हो ।

प्रतिक्रिया दिनुहोस्