Logo
Logo

खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीलाई लोकप्रिय मत 


3.3k
Shares

काठमाडौं । एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार अपराह्न जारी गरेको मत परिणामअनुसार प्रदीप ज्ञवालीले खुल्लातर्फ  लोकप्रिय मत ल्याएका छन् । उनले १ हजार ९४२ मत पाएका छन् ।

The current image has no alternative text. The file name is: pardeep-1.jpg

एमालेको दशौँ महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका ज्ञवालीले यस पटक महासचिवमा दाबी गरेका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले उनलाई उपाध्यक्षमा उठ्न निर्देशन दिएका थिए ।

उनले उपाध्यक्ष छोडेर केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए । उनले छोडेको उपाध्यक्षमा पदमा रघुजी पन्तलाई समेटिएको थियो । उनी सुरुवातमा ओली प्यानलमा परेका थिएनन् । त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएको थियो ।

ज्ञवालीले उपाध्यक्ष पद छोडेपछि ओलीले पन्तलाई समेटेका थिए । पन्त पनि उपाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्