Logo
Logo

‘ओलीका प्रीयपात्र’ विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि हारे


1.4k
Shares

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

उपमहासचिव पदमा ओलीको प्यानलबाटै पराजित भएका रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन् । केन्द्रीय सदस्यमा उनले ६३० मात्रै प्राप्त गरेका छन् ।

उनले केन्द्रीय सदस्यको खुलातर्फ उम्मेदवारी दिएका थिए । खुलातर्फबाट १६७ जना उम्मेदवार रहेकामा ७२ जना छानिन्छन् ।

उनले उपमहासचिवमा १०९१ मत पाएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रीयपात्र मानिन्छन् ।

ओली प्रधानमन्त्री हँदा रिमाल राजनीतिक सल्लाहकार रहँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्