Logo
Logo

रवि, बालेन र कुलमानको एकतापछि हर्कले भने- हुतीहाराहरू, जमानत जफत हुन्छ


0
Shares

काठमाडौं । रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबिच चुनावी तालमेलको सहमति जुटेको खबर बाहिरिएलगत्तै धरान उपमहानगरका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फेरी कडा प्रतिक्रिया जनाएका छन् ।

The current image has no alternative text. The file name is: hark.jpg

सोमबार साँझ सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै साम्पाङले एक्लै चुनाव लड्ने आँट नभएपछि उनीहरुबिच गठबन्धन भएको भन्दै उनले उनीहरूको जमानत जफत हुने दाबी समेत गरे ।

साम्पाङले फेसबुकमा लेखेका छन्, ‘अहिले जो-जो गठबन्धन गर्दै छन्, उनीहरूको जमानत जफत हुने देखिन्छ ! नत्र त एक्लै लडिहाल्थे नि ! हुतीहाराहरू !’

मेयर साम्पाङले जेनजी पुस्तालाई पनि आफ्नो पार्टीमा लाग्न अपिल गरेका छन् । उनले रवि-बालेनको नयाँ गठबन्धनले युवाको माग सम्बोधन गर्न नसक्ने जिकिर गरे। उनले बालेन र रवतर्फ संकेत गर्दै उनीहरूलाई ‘गेमर’ को संज्ञा दिए ।

‘जेन९जी हो, तपाईँहरूको माग श्रम संस्कृतिले मात्रै पूरा गर्नेछ,’ साम्पाङले अगाडि लेखेका छन्, ‘अरु त सबै गेमर हुन्! उनीहरूको काम छैन !उल्टो थुन्छ मात्रै !१’

प्रतिक्रिया दिनुहोस्