
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ ११० जना उम्मेदवारको नाम निर्वाचन आयोगमा पेश गरेको छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले समानुपातिकतर्फ ११० जनाको आयोगमा बुझाएको हो ।
जसमा तोरणबहादुर गुरुङ, राजेन्द्र गुरुङ, तेन्जिङ भेटिया, गोपाल दाहाल, इन्दु चौधरी लगायत रहेका छन् ।












