Logo
Logo

तनावग्रस्त बन्यो लौकहीबजार, सशस्त्र प्रहरीको क्याम्पमा आक्रमण


2.8k
Shares

विराटनगर । सुनसरीको कोसी गाउँपालिका-१ लौकही नजिकै सशस्त्र प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि आक्रोशित भिडले सशस्त्र प्रहरीको क्याम्पमा आक्रमण गरेको छ ।

The current image has no alternative text. The file name is: laukahi-bazar-bijay-shah-death.jpg

आक्रोशित भिडले लौकहीको सीमावर्ती क्षेत्रमा रहेको बोर्डर आउट पोष्ट(बिओपी(मा आक्रमण र ढुंगामुढा गरेका हुन् ।

बीओपीको चारैतिरबाट आक्रमणपछि भएपछि प्रहरीले बल पनि प्रयोग गरेको छ । स्थानीय प्रशासनले सम्यता अपनाउन र वार्तामा आउन पीडित पक्षलाई आग्रह गरेको छ ।

बुधवार राति १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर कोसी गाउँपालिका-१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । उनी भारतबाट सामान ल्याएर बिक्री गर्थे । सशस्त्र प्रहरीले तस्करको समूहसँग गोली हानाहान हुँदा विजयलाई लागेको बताएको छ ।

स्थानीयले सुरु गरेको प्रदर्शन अराजक बनेपछि लौकही क्षेत्रको अवस्था तनाबग्रस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्