Logo
Logo

रविलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्चबाट सदर


756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई  काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा धरौटीमा छोड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले  सदर गरेको छ । 

The current image has no alternative text. The file name is: rabi-lamichane-3.jpg

बिहीबार पाटन उच्च अदालतका न्यायाधिश खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतको आदेश सदर गरेको हो ।

आदेशमा भनिएको छ, ‘यसमा जाहेरी व्यहोरा, प्रतिवादीहरुको वयान व्यहोरा, रकम प्रयोगको अवस्था, प्रतिवादीहरुको संलग्नता समेतलाई विचार गरी पछि ठहरे बमोजिम हुने गरी तत्काल धरौटी माग गरेको पाइएको, माग गरेको धरौटी दाखिल गरी प्रतिवादीहरू तारिखमा रहेको पाइएको अवस्थामा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ६८ बमोजिम प्रतिवादीहरू रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा, कमल लामाबाट मुद्दा पुर्पक्षका लागि धरौट माग गर्ने गरेको त्यहाँ अदालतको मिति २०८१/१०/०२, मिति २०८१/१०/०७ र मिति २०८१/०९/२३ को आदेश वेरीतको नदेखिँदा परिवर्तन गरीरहतु पर्ने देखिन आएन। कानुन बमोजिम गर्नू ।’

 जिल्ला अदालत काठमाडौँले लामिछानेलाई ६० लाख धरौटीमा छोडेको थियो । 

प्रतिक्रिया दिनुहोस्