Logo
Logo

पुस २७-२९ मा विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णय


1.8k
Shares

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७/२९ गते विशेष महाधिवेशन गर्ने भएको छ । विशेष महाधिवेशन पक्षधर बुधवार र बिहीबार भएका छलफलपछि यस्तो निर्णय पुगेको हो ।

The current image has no alternative text. The file name is: gagan-bishow.jpg

विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हलसमेत बुक गरिएको जनाइएको छ । विधानले गरेको व्यवस्था कार्यान्वयन गर्न कार्यवाहक सभापतिलाई आग्रह गर्ने विशेष महाधिवेशन पक्षधरले जनाएको छ । कार्यवाहक सभापति आफैँले बोलाएनन् भने महामन्त्रीहरूले विधानको पालना गर्न र गराउन बोलाउनुपर्ने बाध्यता हुने उनीहरूको भनाइ रहेको छ ।

यससम्बन्धी औपचारिक जानकारी गराउन विशेष महाधिवेशन पक्षधर नेताहरूले शुक्रवार पत्रकार सम्मेलन गर्दै छन् । विशेष बोलाउन कार्यवाहक सभापतिलाई आग्रह गर्ने तर नबोलाइए महामन्त्रीहरूले बोलाउने तय भएको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका छन् ।

पार्टी विधानमा चालीस प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेषको माग गरेर निवेदन दिएमा तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, संस्थापन पक्षले विधानको बाध्यात्मक व्यवस्थालाई समेत बेवास्ता गरेर अघि बढ्न खोजेपछि महामन्त्रीहरूले विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यता बनेको विशेष महाधिवेशन पक्षधरले बताएका छन् ।

विशेष महाधिवेशनलाई निस्तेज बनाउन संस्थापन पक्षको सहमतिमा पुस २६-=२८ मा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका समेत ल्याइएको थियो । क्रियाशील सदस्यताको वितरण र नवीकरणको सूची सबै जिल्लाबाट नआएपछि कार्यतालिका प्रभावित भएको हो ।

त्यसपछि महामन्त्री थापा र शर्माले तोकिएको मितिमा केन्द्रीय महाधिवेशन गर्न वडा र क्षेत्रको अधिवेशन मात्रै गर्ने प्रस्ताव अघि सारेका थिए ।

प्रतिक्रिया दिनुहोस्