Logo
Logo

गगनको प्रस्ताव- चुनावअघि नै संरचनागत सुधारका लागि राष्ट्रिय सहमति गरौँ


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि नै राज्यका मुख्य संरचना सुधार गर्न राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव गरेका छन् ।

एक भिडिओ सन्देश जारी गर्दै उनले सरकार परिवर्तन र नियमित निर्वाचनले मात्रै मुलुकको विद्यमान जटिल समस्या समाधान नगर्ने भन्दै दलहरूबीच राष्ट्रिय सहमतिको प्रस्ताव गरेका हुन् ।

निर्वाचनले संविधानलाई गति दिने भएपनि प्रशासनिक र कार्यकारी निर्णयबाट मात्रै संरचनागत समस्या हल हुन नसक्ने भन्दै महामन्त्री थापाले भनेका छन्, ‘जेनजी मुभमेन्ट र भदौ २३–२४ का घटनाहरूले नागरिकमा व्याप्त चरम असन्तुष्टि, भ्रष्टाचार र कुशासनप्रतिको आक्रोशलाई प्रतिविम्बित गरेको छ । आन्दोलनको म्याण्डेट संस्थागत गर्न सबै सरोकार एक हुनुपर्छ ।’

थापाले निर्वाचन प्रणाली र संवैधानिक निकायका नियुक्तिमा पनि सुधारको खाँचो औँल्याएका छन् । संविधानमा निश्चित मापदण्ड नै तोक्नुपर्ने भन्दै उनले कानूनी छिद्रमा खेलेर गलत प्रयोग गर्दै आएको स्वीकारेका छन् । समानुपातिकको सूची हेर्दा पुराना र नयाँ दल सबै उस्तै देखिएको थापाको भनाइ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालतजस्ता संवैधानिक निकाय पनि राजनीतिक भागबन्डाको सिकार भएको भन्दै संवैधानिक परिषदको संरचना र नियुक्ति प्रक्रियामा ‘पब्लिक हियरिङ’, रोष्टर प्रणालीजस्ता पारदर्शीता अपनाउनुपर्ने सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्