Logo
Logo

छुट्टै समानुपातिक सूची बोकेर उज्यालो नेपालका नेता आयोगमा


2.3k
Shares

काठमाडौं । रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र संरक्षक कुलमान घिसिङका भाइ बन्दसूची बोकेर शुक्रबार निर्वाचन आयोग पुगेका छन् ।

The current image has no alternative text. The file name is: ujayalo.jpg

उनीहरूले समानुपातिक बन्दसूची बुझाउन ५० हजार रुपैयाँको रसिद काटेको भन्दै बन्दसूची बुझिदिन अनुरोध गरेका थिए । तर, आयोगले बन्दसूची बुझाउने समय सकिसकेको भन्दै लिन अस्वीकार गरेको छ ।

उज्यालो नेपालको टोली सुरूमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीकहाँ पुगेको थियो । महाशाखाले बन्दसूची बुझाइसकेपछि मनोनयन भइसकेकाले फेरि पेश गर्न नमिल्ने कानुनी प्रावधान देखाएर आयोगले उपाध्यायलाई फिर्ता पठाएको हो । 

उज्यालो नेपालका नेताहरूले भने आयोगमा गएको अस्वीकार गरेका छन् । १४ गते बन्दसूची बुझाउन आयोग पुगेका नेता प्रविण गुरूङले छुट्टै बन्दसूची बोकेर नगएको दाबी गरेका छन् ।  

अनुपकुमार आफैँ रास्वपाबाट समानुपातिकको सूचीमा रहेका व्यक्ति हुन् । उनी आफैँले रास्वपासँगको एकतामा समेत हस्ताक्षर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्