
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ५ बाट प्रत्यक्षतर्फ नेकपा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ ।
आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी निर्वाचनमा पोखरेलको नाम उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।
काठमाडौँ–५ पोखरेलले नियमित निर्वाचन लड्ने उनको गृहक्षेत्र हो । बैठकले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको एमालेले जनाएको छ ।












