Logo
Logo

डिआइजीलाई घुमुवाको आरोप


5.3k
Shares

काठमाडौं । मधेस प्रदेशका आठ जिल्ला कमाण्ड गरिरहेका डिआइजी गोविन्द थपलियाले सीमा क्षेत्रको इलाका कार्यालयमा जानका लागि एउटा मापदण्ड तय गरे । उनी जानेवित्तिकै एक पटक कमाण्ड गरिसकेको जुनियर प्रहरी अधिकृतले अर्को पटक गर्न नपाउने मापदण्ड बनाएपछि काजमा रहेका कर्मचारीहरुको भागभाग भयो । एमाले नेता केशव बडालका नजिकका आफन्त रहेका थपलिया विवाद आउन चाहने प्रहरी अधिकृत नभएपनि औसत रुपमा काम देखाइरहेका हुन्छन ।

मधेश प्रदेश पुगेपछि त्यहाँ उनी सामान्य विषयमा पनि विवादमा आएका छन् । कर्मचारीलाई न्याय दिन भन्दै उनले मापदण्ड तय गरेपनि आफ्नातर्फबाट घुमुवा भने खटाइरहेको विषयको विवाद निरुपण हुन सकेको छैन ।

प्रहरी कार्यालयमा हालसालै देखिएको घुमुवा कमान्डर तथा सिभिल परिचालनसम्बन्धी विवादले प्रहरी प्रशासनमा ठूलो चर्चा र चासो उत्पन्न भएपछि भयो । प्रदेश प्रहरी प्रमुख डिआइजी थपलियाले बरिष्ठ सई गोपाल थापा मगरलाई असामान्य अधिकार दिएको विषयमा विवाद भयो ।

सई थापा मगर मधेस प्रदेशका आठ जिल्ला मात्र नभई मातहत रहेका कार्यालयहरूबाट सिभिलमा कार्यरत कर्मचारीहरूलाई डिआइजीको आदेश भन्दै तान्ने काम गरिरहेका थिए ।

यदि, कार्यालयसँग कुरा मिलेन भने उनीहरूलाई प्रदेश मातहतको गणमा पठाउने, कुरा मिल्यो भने तुरुन्तै सम्बन्धित कार्यालयमा फिर्ता पठाउने तथा आर्थिक कारोबार गर्ने जस्ता कार्यमा संलग्न भएको भएपनि उनलाई एसपी भेषराज रिजालले समेत साथ दिदा केही न केही शंका उत्पन्न भएको थियो । ‘डिआइजी र एसपीले एउटा जुनियर कर्मचारीको गल्तीलाई किन ढाकछोप गरिरहेका छन भन्नेमा शंका छ’, प्रदेश प्रहरी कार्यालयका एक अधिकृतले दृष्टिसँग भने ।

निवर्तमान आइजिपी चन्द्रकुवेर खापुङको कार्यकालमा सँगै कार्यरत सई थापा मगरलाई खापुङ डिआइजी हुँदा काठमाडौंमै मात्र नभई कोशी प्रदेशमा पनि सँगै राखेका थिए । त्यसपछि डिआइजीबाट एआइजी बनेर बुरो प्रमुख हुँदा पनि उनी प्रमुखसँगै थिए, र आइजिपी बनेपछि सचिवालयमा राखेर सिभिलमा परिचालन गरिएको थियो ।

थपलिया त्यहाँ पुगेपछि अर्को समस्या पनि उत्पन्न भएको छ । नेपाल प्रहरीको एक अधिकृतले बोकेको पेस्तोल तस्करहरुले खोसेर लगेको घट्ना सनसनी भएको छ । बाराको कबही इलाका प्रहरी कार्यालय कबहीमा कार्यरत सईको पेस्तोल सीमा क्षेत्रमा तस्करी गर्ने समूहले थुतेर लगेको घटनाले प्रहरीलाई तनाव दिएको छ । डिउटीमा बसेको बेला पेस्तोल ताक्दा खोसेर लगेका थिए ।

सई सोनुकुमार मिश्रले बोकेको पेस्तोल खोसेर लगेका हुन् । पुस ११ गते साँझ तस्करीको एउटा समूहले सोनुकुमार मिश्रले बोकेको पेस्तोल खोसेका हुन् । उनी आफ्नो क्षेत्रमा निकै कमजोर प्रहरी अधिकृत भएको थाहा पाएपनि जिल्ला प्रहरी कार्यालयले उनको ठाउँमा अर्को अधिकृत नपठाउदा यस्तो घट्ना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाराका प्रहरी प्रमुख नरेन्द्र कुँवरलाई मदिरापानमा मस्त बनाएपछि उनले कार्यक्षमता हेर्ने आँट नगर्ने भएकाले पनि मिश्रले कबहीमा कमाण्ड गरिरहेका थिए । तर पेस्तोल नै हराएपछि एसपी कुँवरपनि समस्यामा परेका थिए ।

यो सम्बन्धमा प्रदेश प्रहरी कार्यालयले छानविन समिति बनाएको छ । एसपी भेषराज रिजालको संयोजकत्वमा छानविन समिति बनाएको हो । रिजाल र कुँवर दुवैव्याची भएकाले छानवीन समिति ‘दूधको साची विरोला’, भनेझै भएको प्रदेश कार्यालयका एक अधिकृतको भनाई छ । सो घट्नालाई एक सातासम्म गुपचुप राखिएको थियो । बाराका पत्रकारहरुलाई यो विषय जानकारी भएपनि समाचार सम्प्रेषण नगरी बसेका छन् । उनीहरु प्रहरीसँग मिलेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्