Logo
Logo

पूर्वमाओवादी नेता यादव जसपा नेपालमा प्रवेश


1.2k
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता उमेश प्रसाद यादव जसपा नेपालमा प्रवेश गरेका छन् । पूर्वमन्त्री समेत रहेका यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् ।

तत्कालीन माओवादी जनसरकार प्रमुखसमेत बनेका यादव पूर्वलडाकु हुन् । उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी–३ बाट विजयी भएका थिए ।

त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा उनी सिंचाइ मन्त्री समेत बनेका थिए । ०७४ को निर्वाचनमा भने उनी सप्तरी ३ बाट उपेन्द्र यादवसँग पराजित भएका थिए । आज उनी सोही उपेन्द्रको पार्टीमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्