Logo
Logo

म चुनाव लड्दिनँ : गृहमन्त्री अर्याल


756
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै गृहमन्त्री अर्यालले आफ्नो जिम्मेवारी पूरा गरेर पुरानै पेशामा फर्किने बताएका हुन् । अर्यालले भने, ‘म त यहीँ फिल्डबाट गएको मान्छे हुँ । यहीँ नै आउने भन्या छु । म हजुरहरूकै बिचमा छु ।’

The current image has no alternative text. The file name is: omprakesh-aryal.gif

यसअघि आफू मानव अधिकारकै लागि लडेको र अहिले पनि मानव अधिकारकै लागि काम गरिरहेको बताउँदै उनले भने, ‘पीडितका लागि न्याय खोजेर हिँडेको मान्छु हुँ। मानव अधिकारकै क्षेत्रमा काम गरेको मान्छे हुँ। अहिले त्यही प्रयास गरिरहेको छु, भोलि पनि त्यही गर्छ । सडकमै आउने हो । म नागरिकै भएर पेशामै फर्किने हो ।’

गृहमन्त्रीको रूपमा आफू न्यायकै पक्षमा उभिएको बताउँदै उनले भने, ‘म कानुन व्यवसायी हुँ । कानुन व्यवसायमा पनि मानवअधिकार, सामाजिक न्याय, पीडितको न्यायका लागि लडेको मान्छे हो । म दण्डहीनताको पक्षमा छैन । मेरो बलबुताले भ्याएसम्म दण्डहीनता रहन दिन्न ।’ उनले आफ्नो सम्पूर्ण ध्यान चुनावमा रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्