Logo
Logo

कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज


567
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला आयोजना गर्दैछ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेला संस्थापनले आफ्ना समूहका सदस्यहरूको भेला बोलाएको हो ।

बिहीबार संस्थापन पक्षीय पदाधिकारी र सदस्यहरूले सभापति शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि
पार्टीभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै छलफलका लागि बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा भेला बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्