Logo
Logo

आशिका तामाङद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा


1.2k
Shares

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

The current image has no alternative text. The file name is: ashika-tamang.jpg

उनले २१ फागुनमा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ वा ९ बाट उम्मेदवारी दिने बताएकी छन् ।

फेसबुकमार्फत घोषणा गर्दै तामाङले आफू कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने र दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्ने निर्णयमा पुगेको उल्लेख गरेकी छन् ।

जेन–जी पुस्ताका युवाले उठाएका मुद्दा, भ्रष्टाचारविरुद्धको संघर्ष, पारदर्शिता र जवाफदेही राजनीतिलाई सडकदेखि सदनसम्म सशक्त रूपमा उठाउने प्रतिबद्धतासहित उम्मेदवारी दिने उनको भनाइ छ ।

चलचित्र क्षेत्रबाट उदाएकी तामाङ पछिल्ला वर्षहरूमा सामाजिक अभियन्ताको रूपमा सक्रिय रहँदै आएकी छन् । उनी जेनजी आन्दोलनका घाइते र शहीद परिवारलाई सहयोग गर्ने कार्यमा पनि संलग्न थिइन् ।

प्रतिक्रिया दिनुहोस्