Logo
Logo

पार्टी फुट्न दिँदैनौं : चन्द्र भण्डारी


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने बताएका छन् । आज शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भण्डारीले आफूहरू पार्टी विभाजन रोक्न तयार रहेको बताएका हुन् ।

The current image has no alternative text. The file name is: chandra-bhandri.jpg

उनले भने, ‘कांग्रेस फुट्छ कि भन्नेछ । तर, हामी पार्टी विभाजन हुन दिँदैनौँ । विशेष महाधिवेशनका नाममा पार्टी फुट्छ कि भन्ने शङ्का छ । तर, हामी पार्टी विभाजन हुन दिँदैनौँ । नेपाली कांग्रेसले विगत सम्झिएन भने आफ्नो भविष्य पनि सुरक्षित गर्न सक्दैन । नीतिगत वा सङ्कल्प महाधिवेशनमा रुपान्तरण गरेर चार महिना पछाडिको महाधिवेशनमा थप बलियो भएर आउन पार्टीका साथीहरूलाई भन्ने हो ।’

पार्टी नेतृत्वले जेनजी आन्दोलनको मनोभावना सम्बोधन गर्न नसकेको उनको गुनासो छ । उनले भने, ‘जेनजी आन्दोलनपछि विशेष महाधिवेशन भएको भए पार्टीमा थप उत्साह थपिन्थ्यो, त्यसैले विशेष महाधिवेशन बोलाउनुपर्थ्यो । भेरिफाइड नभए पनि ५४ प्रतिशत साथीहरूले सिफारिस गरेपछि सेन्ट्रल कमिटीले यसलाई ग्रहण गर्नुपर्नेथियो ।’

प्रतिक्रिया दिनुहोस्