Logo
Logo

यो अवस्था आउँछ भन्ने सोचेका थिएनौँ : कुलमान घिसिङ 


1k
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले यस्तो अवस्था आउने कुरा आफूले कहिल्यै सोचेका बताएका छन् । 

The current image has no alternative text. The file name is: kulman.jpg

गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको एकता सहमति यति चाँडै भत्किने सम्भावना उनलाई पटक्कै नलागेको उनले बताए । उनले भने, ‘म आज निकै मर्माहत र दुःखी भएको छु । यो अवस्था आउँछ भन्ने कल्पना पनि गरेको थिइनँ । यी १२ दिन मेरा लागि अत्यन्त बिलखबन्द र अन्योलपूर्ण बने । अगाडि बढौँ भने उहाँहरूले बढ्न दिनुहुन्न, पछाडि फर्कौँ भने आम नेपाली र  जेनजी भाइबहिनीहरूको सपना पूरा गर्नबाट पछि हट्न मिल्दैनथ्यो ।’

उनले सहमतिका लिखित तथा अलिखित बुँदाहरू रास्वपाले कार्यान्वयन गर्न नमानेको आरोप लगाए । ‘झन्डै दुई महिना भयो, कठिन परिस्थितिमा उज्यालो नेपाल पार्टीलाई नेतृत्व गर्नुभएका अनुपकुमार उपाध्यायज्यूलाई हार्दिक धन्यवाद,’ घिसिङले भने, ‘विगत केही समय हाम्रो लागि निकै पीडादायी रह्यो ।’

उनले पुस १४ गते भएको सहमति भए पनि १२ दिनसम्म पटक९पटकका छलफल र बहस हुँदा पनि कार्यान्वयन हुन नसकेको बताए । ‘धेरै चरणका छलफल भए, तर सहमति जुटेन । हामीले हिनताबोधका साथ अगाडि बढ्नुपर्ने बाध्यता आयो,’ उनले थपे, ‘लिखित सहमतिका साथै धेरै अलिखित बुँदाहरू थिए । एकीकरण प्रक्रिया कसरी छिटो कार्यान्वयन गर्ने भन्नेमा हाम्रो ठूलो जोड थियो, तर त्यो पूरा भएन ।’

प्रतिक्रिया दिनुहोस्