काठमाडौं । रास्वपा सहमहामन्त्री विपिन कुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।समानुपातिकतर्फ इच्छा जाहेर गर्नेहरूको संख्या बढेपछि पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुन भन्दै उनले नाम फिर्ता लिएको जनाइएको छ । अचार्य अब प्रत्यक्षतर्फ निर्वाचन लड्ने भएका छन् ।

उनलाई पार्टी खस आर्यतर्फको पहिलो नम्बरमा समानुपातिकतर्फ सिफारिस गरेको थियो । रास्वपामा एकपछि अर्काले नाम फिर्ता लिने क्रम जारी छ ।
यसअघि नै डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक र सुदेश गुरुङले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् ।
कार्यतालिका अनुसार यही पुस १३ र १४ गते निर्वाचन आयोगमा दलहरूले समानुपातिक उम्मेदवारको सूची बुझाएका थिए । त्यसउपर अध्ययन गरेर निर्वाचन आयोगले आइतबार दलहरूलाई देखिएका त्रुटि सच्याउन भनेको हो ।












