Logo
Logo

राप्रपाको चियापानमा पुगिन् प्रधानमन्त्री कार्की


441
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पुगेकी छिन् । पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको छ । चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो ।

The current image has no alternative text. The file name is: susila.jpg

चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कार्की केहीबेर अघि पुगेकी हुन् ।  चियापान कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत थुप्रै नेता–कार्यकर्ता, राजावादीहरूको उपस्थिति थियो । अध्यक्ष लिङ्देनसहितका नेता कार्यकर्ताले रक्तदान पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्