Logo
Logo

विशेष महाधिवेशनको निर्णय कार्यान्वयन हुनुपर्छः गोपालमान श्रेष्ठ


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटनसत्रमा उनले पार्टी विधिअनुसार चल्नुपर्नेमा जोड दिए ।

“कसैले हठ गरिराख्न हुँदैन । विधि–विधानानुसार अगाडि बढ्न दिनुपर्छ । विधि र विधानानुसार चल्नुपर्छ । विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता छ,” उनले भने ।

उनले आफू कुनै पद माग्न उपस्थित नभएको बताए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई उनले भविष्यको ताराको संज्ञा दिए । अब हरेक ठाउँमा युवालाई अघि सार्नुपर्ने उनले उल्लेख गरे

प्रतिक्रिया दिनुहोस्