काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालबीच १२ बुँदे सहमति भएको छ ।

आइतबार सम्पन्न छलफलपछि दुवै दलले पार्टी एकीकरणका लागि १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिनेछ । समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव रहने सहमति भएको छ ।
सम्झौता पत्रमा केन्द्रीय समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी जसपा नेपाल रहने सहमति पनि सम्झौतामा समेटिएको छ ।












