काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका राष्ट्रिय सभा सदस्य उम्मेदवार निष्क्रिय हुने भएका छन् ।

जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालबीच आइतबार भएको १२ बुँदे सम्झौतामा यसबारे सहमति समावेश गरिएको छ। सम्झौताअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा जसपा नेपालका उम्मेदवार निष्क्रिय गरिने निर्णय गरिएको छ।
सम्झौतामा हस्ताक्षरकर्ता ८महन्थ ठाकुर र उपेन्द्र यादवका अनुसार, जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेशबाट महिला, अल्पसंख्यक र दलित समूहका उम्मेदवारलाई राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निष्क्रिय गर्ने सहमति भएको छ।
राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ। तीमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद हुन् भने बाँकी १८ पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ। जसका लागि पुस २३ मा तीन उम्मेदवारको मनोनयन दर्ता भएको थियो ।












