Logo
Logo

राष्ट्रिय परिवर्तन पार्टीसँग मिलेर उज्यालो नेपालले पठायो २४ जना समानुपातिक उम्मेदवार


2.5k
Shares

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुन राष्ट्रिय परिवर्तन पार्टी (रापपा) सँग सहकार्य गरेको छ ।

सोही अनुसार आइतबार उनेपाका २४ जना समानुपातिक उम्मेदवारको नाम बासुरी चुनाव चिह्नवाला रापपाको बन्दसूचीमा राखेर निर्वाचन आयोगमा बुझाइएको छ ।

भदौ २३ गते भएको जेनजी आन्दोलनमा एउटा खुट्टा गुमाएका जेनजी घाइते योद्धा राजेश पोर्तेलको अध्यक्षतामा राष्ट्रिय परिवर्तन पार्टी गठन भएको हो । सोही दलसँग मिलेपछि उनेपाका नयाँ उम्मेदवार राखिएको छ ।

रापपाले समानुपातिक उम्मेदवारी सूचीमा राखेका केही उम्मेदवारको नाम फिर्ता लिएर अद्यावधिक सूची आयोगमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्