Logo
Logo

देउवालाई भेटेपछि ज्ञानेन्द्र कार्कीले भने-नियमित महाधिवेशन नै पार्टीको बाटो हो


1k
Shares

काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी अहिले गम्भीर सङ्कटमा रहेको बताउँदै विधान र स्थापित मान्यताअनुसार नै अघि बढ्नुपर्ने जोड दिएका छन् । 

The current image has no alternative text. The file name is: gyanendra-bahadur-karki-nc.jpg

देउवाको निवासमा भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मुलुक र पार्टी दुवै गम्भीर अवस्थामा छन् । पार्टीका विधि र स्थापित मान्यता छन्, त्यसैअनुसार अघि बढ्नुपर्छ ।’ 

उनले हाल चलिरहेको विशेष महाधिवेशनको सान्दर्भिकता नरहेको भन्दै केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई आधार मानेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको आवश्यकता नरहेको स्पष्ट पारिसकेको छ । अहिले निर्वाचनको सङ्घारमा छौँ, मुलुकलाई स्थिरता दिने चुनाव महत्त्वपूर्ण छ । निर्वाचनपछि वैशाखमा तोकिएको नियमित महाधिवेशन नै पार्टीको बाटो हो ।’

यसैगरी, उनले पार्टीभित्र सहमति, संवाद र एकताको ढोका सधैँ खुला रहेको बताए । ‘संस्थापन पक्षबाट सहमति र एकताको ढोका सधैँ खुला छ । आज पनि कार्यवाहक सभापतिको नामबाट अपिल जारी भएको छ । पार्टी एकजुट भएर देशको सङ्कटबाट मुक्त गर्दै जनताको चाहनाअनुसार अघि बढ्नुपर्छ ।’

संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै नियमित महाधिवेशन मा जोड दिइरहेको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।

प्रतिक्रिया दिनुहोस्