
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरु पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन् ।
आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको छ । उक्त बैठकमा विशेष महाधिवेशन पक्ष सहभागी नहुने निर्णय भएको नेताहरुले जानकारी दिएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समूहले विशेष महाधिवेशन गरेपछि कांग्रेसमा विवाद बढ्दै गएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन् । दुई पक्षब्ीचको अडानले कांग्रेस फुटको संघारमा पुगेको छ ।












