
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो ।
यसअघिको खम्बबहादुर खाँतीको नेतृत्वमा रहेको समिति भंग गरेर केसीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।
भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र जारी छ । अब बाँकी प्रक्रिया सुरु गरिने नेताहरुले जानकारी दिएका छन् । नयाँ समितिले निर्वाचनको प्रक्रिया अघि बढाउनेछ ।












