
काठमाडौं । नेपाली कांग्रेसको विवाद समाधान गर्न बसेको संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच पहिलो चरणको वार्ता सकिएको छ । वार्ताका विषयलाई आ–आफ्नो समूहसँग छलफलमा गरेपछि फेरि बैठक बस्ने गरी पहिलो चरणको वार्ता सकिएको हो ।
छलफलमा सहभागी नेता रमेश लेखकले पहिलो चरणको वातर्था सकिएको र अर्को बैठक पुन साढे २ बजे बस्ने जानकारी दिए । उनका अनुसार सहमति जुटाउनको लागि दुवै पक्ष अधिकतम लचक रहन तयार छन् ।
वार्तामा संस्थापन पक्षबाट लेखक र बालकृष्ण खाण, शेखर कोइराला पक्षबाट बद्री पाण्डे र जीवन परियार सहभागी थिए । विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी छन् ।












