Logo
Logo

काँग्रेसका १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यको निर्वाचन हुने


2.1k
Shares

काठमाडौं। कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।

निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेसँगै काँग्रेसको विद्यमान विधान अनुसार नै १३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुने भएको छ । 

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।

यस निर्वाचनमा एक सभापति,  २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री चयन हुनेछन् । त्यस्तै खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुनेछन् ।

काँग्रेसको यस विशेष महाधिवेशनले विधान संशोधन गर्दै जेनजी समूह र ४० बर्षमुनिका युवाहरूको प्रतिनिधित्व गराउने भने पनि निर्वाचन भने पुरानै विधान अनुसार हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्