Logo
Logo

कांग्रेस विशेष महाधिवेशन : साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, मतदान भोलि बिहान


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ । त्यसपछि मनोनयनका लागि समय थप गरिने भएको छ । 

आजै मनोनयनको काम सकिए पनि भोलि बिहानबाट मात्रै मतदान हुने भएको छ । ९ घण्टादेखि विशेष महाधिवेशनको बन्द सत्र जारी छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सबै समय बन्द सत्रमा रहेको जानकारी गराइएको छ ।

बन्द सत्र अब दुई घण्टा चल्ने र आएका सुझावहरूलाई समेट्ने सचिवालयले जानकारी दिएको छ । आज साँझ दुई महामन्त्रीले सम्बोधन गरेपछि मात्रै बन्दसत्र सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्