Logo
Logo

मौनता साँध्नु भनेको मृत्युलाई अङ्गाल्नु जस्तै हो : गगन थापा


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन् ।

पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैँमा एउटा विद्रोह भएको उनको भनाइ  रहेको छ । 

बन्दसत्रको समापन समारोहमा बोल्ने क्रममा उनले भने, ‘यो विद्रोह हो । प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अङ्गाल्नु जस्तै हो ।’

उनले आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको बताए । उनले भने, ‘हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन, आयोजना गरेको पनि होइन ।’

प्रतिक्रिया दिनुहोस्