
काठमाडौं । सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंक लुटिएको छ । मंगलबार साँझ ६ जनाको नकावधारी समूहले बैंकबाट ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर फरार भएको हो ।
नकावधारी समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
उनका अनुसार घटना लगत्तै प्रहरीले खोजतलास गर्दा नजिकै रहेको जंगलबाट १ करोड ८० हजार १० हजार ५ सय रुपैयाँ बरामद गरिएको छ ।
प्रहरीले लुटेरा आएको टाटा सुमो र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ । चालक बनेपाका हुन् भने सबै लुटेरा बनेपाबाट गएका थिए । अरु लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।












