Logo
Logo

कांग्रेसको विवाद मिलाउन अन्तिम प्रयास, देउवा निवासमा वार्ता सुरु


3.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा बैठक सुरु भएको छ ।

भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी रहँदा पार्टी सभापति देउवाले अन्तिम निर्णय निकाल्नका लागि संस्थापन र इतर पक्षलाई बोलाएका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाएका छन् ।

संस्थापन पक्षधरका बालकृष्ण खाँण र रमेश लेखक, शेखर पक्षका मिनेन्द्र रिजालसहितका नेताहरु देउवा निवास महाराजगञ्जमा पुगेपछि बैठक सुरु भएको हो ।

मंगलबार दिनभर र राति अबेरसम्म विभिन्न चरणमा भएका वार्ताहरु नेतृत्व परिवर्तनको विषयमा सहमति नहुँदा निष्कर्षविहीन भएका थिए । विशेष महाधिवेशन पक्षधर र वार्तामा सहभागी नेता गुरूराज घिमिरेले भने बिहानसम्म चमत्कार भयो भने पार्टी एकता हुने नभए नेतृत्व छनोट हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्