Logo
Logo

बाँके मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध मुद्दा दायर


1.1k
Shares

काठमाडौं । मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी समेत ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

The current image has no alternative text. The file name is: akhtiyar.gif

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साबिक बेतहनी गाविस-४ को जग्गाहरू गैरकानूनी ढङ्गले सिफारिस तथा निर्णय गरेर राज्यलाई २२ लाख ४२ हजार ७२० नोक्सानी पुर्याएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

अख्तियारले मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी, तत्कालीन मालपोत अधिकृत अशोक कुमार भट्टराई, तत्कालीन नायव सुब्बा तारा प्रसाद खनाल, साबिक बेतहनी गाविसका तत्कालीन सचिव मान बहादुर बोगटी, तत्कालीन नायव सुब्बा कर्ण बहादुर पुन, डुडुवा गाउपालिका वडा नम्बर २ बस्ने लिलावती कैराती र डुडुवा गाउपालिका वडा नम्बर २ बस्ने विरेन्द्र कुमार कुर्मीविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्