Logo
Logo

रास्वपाबाट टिकट नपाएपछि स्वतन्त्र उठेका साहको उम्मेदवारी फिर्ता


3.2k
Shares

काठमाडौं । सप्तरी क्षेत्र नम्बर-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद साहले आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन्।

उनले शुक्रवार बिहान १०:०० बजे निर्वाचन अधिकृतको कार्यालय कल्याणपुर पुगेर उम्मेदवारी फिर्ता लिने भएका हुन् । साहले रास्वपाका आधिकारिक उम्मेदवार सिताराम साहलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बोदेबरसाइन नगरपालिका-५ स्थित धर्मशालामा आयोजित छलफलमा रास्वपा नेता दयानन्द गोइत, रास्वपाका प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिताराम साह, ननु भगतसहितको उपस्थितिमा उक्त सहमति भएको हो ।  सहमतिअनुसार अब पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा चुनावी प्रचार–प्रसारलाई तीव्र बनाइने छ । 

प्रतिक्रिया दिनुहोस्