Logo
Logo

जेन-जीको रक्तिम इतिहास


भुपेन्द्र थापा ‘माधव’

1.3k
Shares

प्रिय जेन–जी यो कुनै कुरुक्षेत्र होइन।
जस्ले सकुनीका दाउपेच चलाउन सकोस्।
प्रिय जेन–जी सिंहदरबार त जल्यो।
तर भ्रष्ट सिंहासन जल्यो कि जलेन?

प्रिय जेन–जी सामानता र सुशासनको युद्ध मोर्चामा।
वीरता र बलिदानको गाथा फेरि लेख्न नपरोस्।
प्रिय जेन–जी सर्वोच्च अदालत त जल्यो।
तर कालो कोट भित्रको किर्ते कलम जल्यो कि जलेन?
प्रिय जेन–जी आशाको किरण त झुल्कियो।
कोपिला निमोठेर ओईलाएको फुल
झ¥यो कि झरेन?
प्रिय जेन–जी संसद भवन त जल्यो।
खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने
संसदीय कालो धन्दा जल्यो कि जलेन?

प्रिय जेन–जी इतिहास त पटक–पटक लेखियो।
रित्तिएको काख र पुछिएको सिउँदो कसैले देख्न नपरोस् ।
प्रिय जेन–जी जनतालाई उदारो सपनाको खेति देखाएर।
नगदमा भावना बेच्ने हजारौं जिब्राहरु जले कि जलेन?

प्रिय जेन–जी तिम्रो रगतले अर्को इतिहास लेख्न नपरोस्।
सपनाको झुपडीमा आगो झोस्ने खरानीका तस्करहरु।
प्रिय जेन–जी भ्रष्टाचारको कात्रोमा लपेटिएका दुर्गन्धित लासहरु।
अहंकारी चिहानमा जले कि जलेनन्?

प्रिय जेन–जी मरेको आशा र गुमेको भरोसा उठाउँदै तिमीले जानु छ।
दम्भ र घमण्डी पर्खाल फोडी
निरन्तर अघि बढ्नु छ।
चुढेका मुनामात्रको चेतनाको पालुवा
रक्तिम ऋतु संगै पलाउनुछ।
सहिदले रोपेको परिवर्तनमा
जागरणको सिंचाई खन्नुछ।
निर्देश आमाका मुसलधारे आँसुले
कुशासन र भ्रटचारको पहिरो लानुछ।

प्रतिक्रिया दिनुहोस्