Logo
Logo

प्रचण्डलाई हराउन एमाले र प्रलोपाबीच चुनावी तालमेल


1.1k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

आइतबार एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाका अध्यक्ष दुर्गा सोवले ३ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै दुई पार्टीबिच चुनावी तालमेल गर्ने सहमति भएको हो ।

सहमति पत्रको पहिलो बुँदामा रुकुम पश्चिममा आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र रुकुम पूर्वमा प्रलोपाबाटै उम्मेदवार बनेका सन्दीप पुनलाई सघाउने भनिएको छ । रुकुम पूर्वमा चुनाव चिन्ह तारा भएको नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी मैदानमा छन् ।

सहमति पत्रको पहिलो बुँदामा लेखिएको छ, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार संदीप पुनको पक्षमा आँखा चिन्हमा नेपाल कम्युनिष्ट पार्टी एमालेद्धारा मतदान गर्ने सहमति भएको छ ।’

दोस्रो बुँदामा प्रलोपाले एमालेका उम्मेदवारलाई कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा चुनावमा सघाउनुपर्ने भनिएको छ । सहमति पत्रको २ नम्बर बुँदामा लेखिएको छ, ‘कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा एमालेका उम्मेदवारहरुको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा मतदान गर्ने सहमति भएको छ ।’

यसैगरी सहमति पत्रको तेस्रो बुँदामा एमाले र प्रलोपाले सहमति कार्यान्वयनका निम्ति आ–आफ्नो आन्तरिक पङ्क्तिलाई अविलम्ब निर्देशन गर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्