काठमाडौं । अमेरिकामा शनिवारदेखि जारी भारी हिमपातका कारण जनजीवन तहसनहस भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टनसहित २० राज्यमा आपत्कालीन अवस्था घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हिमपातका कारण न्युयोर्कसहित अमेरिकाभर अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ।
आँधीसहितको हिमपातले अमेरिकामा झन्डै १० लाख घर बिजुलीविहीन भएका छन् । १० हजारभन्दा बढी उडान रद्द गरिएका छन् र १४ हजारभन्दा बढी उडान ढिलाइ भएका छन् ।
अमेरिकाको राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) का अनुसार, आँधी लगभग ३ हजार २२० किलोमिटर क्षेत्रमा फैलिएको छ । जसका कारण झन्डै २१ करोड मानिस समस्यामा परेका छन् ।











