काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटबाट उम्मेदवार बनेका शक्ति बस्नेतलाई स्पष्टीकरण सोधेको छ ।

माघ ६ गते परेको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । छानबिनका क्रममा बाजागाजा बजाउँदै आचारसंहिता विपरीत गतिविधि गरेको देखिएको भन्दै आयोगले बस्नेतसँग स्पष्टीकरण माग गरेको हो ।
आयोगले जारी गरेको पत्रमा निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेको देखिएकाले किन निर्वाचन कानुन बमोजिम कारबाही नगर्ने भन्ने सम्बन्धमा स्पष्टिकरण पेस गर्न आग्रह गरेको छ ।
आयोगले उक्त पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालय जाजरकोट अथवा निर्वाचन आयोग, नेपालमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।











