काठमाडौँ । चर्चित गायक प्रकाश सपुत राजनीतिमा सक्रिय हुने भएका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस मार्फत आफ्ना योजनाबारे जानकारी दिएका छन् ।
सपुतले आफ्ना समर्थक दर्शक र स्रोताको भावनालाई सम्मान गर्दै, व्यक्तिगत राजनीतिक आस्था र विचारको कदर गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले लेखेका छन्, “नयाँ समय र नयाँ आन्दोलनलाई सम्बोधन गर्न नयाँ राजनीतिक शक्ति स्थापना गर्न खुलेर सहभागिता जनाउने निर्णय गरेको छु ।”
व्यावसायिक र पेशागत हिसाबले यो आफ्नो जीवनकै कठिन निर्णय भएको उनले बताए। “मेरो यो निर्णय गलत साबित हुने छैन भन्नेमा विश्वास छ। कुनै एक दलसँग आबद्ध भएको भन्दै दर्शक-स्रोताको मन दुख्न सक्छ, तर हामीले हाम्रो काम र इमानले उनीहरूको विश्वास जित्नेछौँ । अन्ततः देशले जित्नेछ,” उनले भने ।
सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीमा समावेश छन् ।











