Logo
Logo

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते


0
Shares

२२ माघ, बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । पुर्चौडी नगरपालिका-७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।

The current image has no alternative text. The file name is: baitadi.jpg

जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपककुमार रायका अनुसार सुप प्र ०२-००१ ख १११९ नम्बरको बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै पुर्चौडी र ढोल्यामोडबाट प्रहरी टोली खटिएको र स्थानीयवासीको सहयोगमा उद्धार कार्य भइरहेको डीएसपी रायले जानकारी दिए । उनका अनुसार हालसम्म १६ जना घाइतेलाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ ।

बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको जनाइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्