Logo
Logo

कांग्रेसले मधेसको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने


315
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको चुनावी घोषणापत्र फागुन ६ गते जनकपुरमा सार्वजनिक गर्ने भएको छ । आइतबारका लागि तय गरेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेर कांग्रेसले बुधबार मधेसमा हुने चुनावी सभामा सार्वजनिक गर्ने भएको हो ।

कांग्रेस सभापति गगन थापासहित नेताहरूको सहभागितामा हुने चुनावी सभामा घोषणापत्र सार्वजनिक गरिने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार कांग्रेसले भिजन १० को थिममा प्रतिज्ञापत्रको नाम दिएर घोषणा पत्र तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस्