Logo
Logo

चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा २ वटा नयाँ टाटा ‘पन्च ईभी’ जित्ने अवसर


0
Shares

काठमाडौँ । नेपालीहरूको महान् चाडपर्व दसैँ, तिहार तथा छठको अवसर पारेर सुपरमार्केट चेन भाटभटेनी र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेका छन् ।

चाडपर्वको माहौललाई थप उत्साहजनक बनाउने उद्देश्यसहित सुरु गरिएको यस योजनाअन्तर्गत भाटभटेनीमा किनमेल गर्ने ग्राहकहरूले दुई वटा नयाँ टाटा ‘पन्च ईभी’ (Punch.ev) जित्ने अवसर पाउनेछन् ।

योजनाअनुसार, देशभर रहेका भाटभटेनीका कुनै पनि स्टोरबाट एकपटकमा कम्तीमा २,५०० रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहकहरू लक्की ड्रमा स्वतः सहभागी हुन पाउनेछन् ।

खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता गरिनेछ र योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च ईभी उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसैगरी, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्राहकले नेपालपे (NepalPay) मार्फत क्युआर (QR) स्क्यान गरी सामानको भुक्तानी गर्दा पनि अर्को नयाँ टाटा पन्च ईभी जित्न सक्ने व्यवस्था गरिएको छ । यसरी चाडपर्वको अवधिभर भाटभटेनीमा किनमेल गर्ने दुई जना भाग्यशाली ग्राहकले नयाँ टाटा पन्च ईभी जित्न सक्नेछन् ।

यस योजनाको मुख्य आकर्षण बनेको टाटा पन्च ईभी अत्याधुनिक ‘acti.ev’ प्लेटफर्ममा आधारित आधुनिक इलेक्ट्रिक एसयूभी हो । नेपाली सडक सुहाउँदो यो गाडी २५ kWh र ३५ kWh क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ, जसले एकपटकको फुल चार्जमा ३०० देखि ४२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

यसमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.२C डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ ।

हाल नेपालभर रहेका टाटा मोटर्सका २० वटा शोरुमका साथै भाटभटेनीका २८ वटै स्टोरहरूबाट टाटा कारसम्बन्धी सम्पूर्ण जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ । साथै, चाडपर्वको समयमा भाटभटेनीमा किनमेल गर्ने टाटा कारका ग्राहकहरूलाई थुप्रै सरप्राइज उपहारको व्यवस्था समेत गरिएको कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्