Logo
Logo

जेनजीको नाममा अपराधीले देश जलाए: अध्यक्ष ओली


567
Shares

झापा । केपी शर्मा ओलीले देशमा भएको आगजनी र तोडफोड जेएनजीको नाममा नभई अपराधीहरूले गराएको बताएका छन् । उनले शिक्षकहरूको माग सम्बोधनका लागि शिक्षा मन्त्रीलाई जिम्मेवारी दिएको र वार्ताका लागि आह्वान गरिएको पनि बताए ।

The current image has no alternative text. The file name is: kp-oli-2.jpg

आज झापाको दमक नगरपालिका-२ स्थित हिमालय उच्च माध्यमिक विद्यालयमा नेपाल शिक्षक सङ्गठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते देशभर भएका आगजनी घटनामा जेएनजीको पुस्ताले नभई अपराधीहरूले हस्तक्षेप गरेको स्पष्ट पारे ।

उनले भने, “‘नेपाल शिक्षक सङ्गठनले झैं जेएनजी एउटा उमेर समूह हो । यो समूहका युवा पुस्ताको आन्दोलनमा घुसपैठ गरेर अपराधीहरूले मुलुक जलाएका हुन् । शिक्षक र विद्यार्थीले देश जलाएका होइनन् ।’”

शिक्षकहरूको मागबारे अध्यक्ष ओलीले भने, “म प्रधानमन्त्री हुँदा नै शिक्षकका माग उठाइएको थियो । मैले वार्तामा आउन पटक–पटक शिक्षक सङ्गठनका प्रतिनिधिलाई आह्वान गरेको थिएँ, तर उनीहरू उपस्थित भएनन् । सरकार र प्रधानमन्त्रीको विरोध मात्र गर्ने रणनीतिले समस्या समाधान हुन सकेन ।”

उनले शिक्षक आन्दोलनमा फरक-फरक माग देखिएको र कांग्रेस तथा माओवादी विचारमा आबद्ध केही शिक्षकहरूले लगातार सरकार र प्रधानमन्त्रीको विरोध गरिरहेको हुँदा आन्दोलनले सही निकास पाउन नसकेको स्पष्ट पारे ।

अध्यक्ष ओली चार दिनको काठमाडौँ बसाइपछि आज आफ्नो निर्वाचन क्षेत्रमा फर्किएका छन् । देवेन्द्र दाहालका अनुसार उनी आज दमकमा आयोजित तीनवटा कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्